दैलेखमा विद्युत् प्रयोग गर्ने बढे
दैलेख । पछिल्ला वर्षहरूमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको हो ।
जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत्को प्रयोग गर्ने घरधुरीको सङ्ख्या आठ सयले वृद्धि भएको छ । केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए । उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ ।
दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए । “विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत्को उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत् विस्तार भएको छ”, उनले भने ।
यहाँका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ । कार्यालय प्रमुख रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ मा रहेका छ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ ।
स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए । हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण