लोक कलाकारसँगै झुमे जापानवासी नेपाली

टोकियो । साङ्गीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेन्चुरी, रेसम निर्दोष र अमृता नेपालीले आइतबार ओसाका सोमबार नागोया र मङ्गलवार टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रममा कलाकारहरूसँग दर्शक मज्जाले झुमेका थिए।
लाखौँ नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी, निर्दोष र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानवासी हजारौँ नेपाली हर्षले विभोर हुँदै उनीहरूका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए।
नेपाली लोक कलाकारहरूको प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरूप्रति देखिएको क्रेज साँच्चिकै हेर्न लायक थियो । सँगै नाच्ने गाउने र सेल्फी खिच्ने नेपालीहरुद्वारा घेरिएका गायक गायिका आफै पनि प्रवासमा रहेका नेपाली बिचमा आफूलाई पाउँदा प्रफुल्ल देखिन्थे ।
विदेशमा बसे पनि नेपाली भाषा र संस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै कलाकारहरूले भने, ‘हाम्रो जस्तो मौलिक लोक संस्कृति र सभ्यता संसारमा अन्त कतै छैन, यसमा हामीले गर्व गर्नुपर्छ, नेपाली गीत–सङ्गीतलाई पनि माया गरिदिनुहोला । नयाँ पुस्तालाई देशको माटोसँग जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न यस्ता साङ्गीतिक कार्यक्रमले अझ थप सफलता मिलोस्’ उनीहरूले भने ।
जापानमा पहिलोपटक गलकोट समाजद्वारा आयोजित साङ्गीतिक धमाकामा प्रस्तुति दिन आएका पछिल्लो पुस्ताका लोकप्रिय गायक खेमले आरेली काँडैले च्वास च्वासै, कमाउनी नी हो रमाउनी नी हो, सोचे झै जिन्दगी रैनछ, झ्यालमा पर्दा छ गीत प्रस्तुत गर्दा सँगै नाँच्नेहरुको भीडलाई थेग्न आयोजकलाई गारो परेको थियो ।
गलकोटे माटोमा जन्मिएर सङ्गीत कर्मलाई नै व्यावसायिक पेशाको रूपमा अंगालेका कुशल लाइभ लोक दोहोरीमा आफूलाई अब्बल सावित गरेका निर्दोषले नानी दिन्छ्यौ र मलाई बाबु दिन्छ्यौ र बोलको पञ्चेबाजामा आधारित गीत गाउँदा सम्पूर्ण दर्शकले एकैसाथ नाचेर साथ दिएका थिए । मञ्चमा आधा दर्जन गीत प्रस्तुत गर्दा स्टेजका लागि नै रेसम जन्मेको भन्ने प्रतिक्रिया दर्शकहरूले दिएका थिए।
आफू जन्मेको गलकोट क्षेत्रमा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले गलकोट समाज जापानले आयोजना गरेको साङ्गीतिक धमाकामा आफ्नो साङ्गीतिक प्रस्तुति दिएर प्रत्यक्ष सहभागी गराई परोपकारी कार्यमा सहभागी हुन पाएकोमा रेशमले खुशी समेत व्यक्त गरे।
कर्णप्रिय लोक भाका सहित पञ्चेबाजामा आधारित गीतहरूमा प्रस्तुति दिएकी अमृता नेपालीले आफ्ना प्रस्तुति मार्फत जापानवासी दर्शकको मन मनमा बस्न सफल भएकी छन् भने दर्शकहरूले भरमग्दुर मनोरञ्जन समेत लिएका थिए ।
समाजले कलाकारहरूलाई मायाको चिनो, समाजको लोगो अङ्कित मेटल ब्याच सम्मान पत्र समेत प्रदान गरेको कार्यक्रमका उपसंयोजक तथा समाजका उपाध्यक्ष लोकेश खत्रीले जानकारी दिए।
गलकोट समाज जापानले अंग्रेज़ी नयाँ वर्ष २०२४ को अवसरमा ‘गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रका लागि अक्षयकोष वृद्धि सहयोगार्थ साङ्गीतिक धमाका-२०२४’ अन्तर्गत जापानका ३ वटा शहरमा डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रम सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठाओ राइडर हुन ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य
-
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
-
कोशी प्रदेश : यसपटक पनि योजना छनौटमा पहुँचवालाकै 'तजबिजी', टुक्रे योजनाको बाढी लाग्ने
-
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
-
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला आज
-
नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?