शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

त्यहाँ बढो आनन्द छ है सर ?

शनिबार, २१ पुस २०८०, ११ : २९
शनिबार, २१ पुस २०८०

त्यहाँ जे छैन, त्यो यहाँ छ,
यहाँ बढो आनन्द छ ।
तर,
यहाँ जे छैन नि, त्यो त्यहाँ छ,
त्यहाँ बढो आनन्द छ ।
कसरी भनूँ म, 
आनन्द कहाँ छ ?
आनन्द कहीँ छैन,
आनन्द जता ततै छ ।
याद गर मित्र,
आनन्द खोजेर पाउँदैनौँ,
आनन्द लिएर पाउँछौँ ।

किनकि तिमी जहाँ छौ,
तिम्रो मन त्यहाँ छैन ।
तिमी यहाँ छौ, तिम्रो मन त्यहाँ छ।
तिमी त्यहाँ छौ, तिम्रो मन यहाँ छ।
कसरी पाउँछौ आनन्द ?
मनको स्वभाव नै त्यस्तै हो ।
शरीरसँग बस्दैन मन ।
किनकि मन भित्र शरीर छ ।
मन भन्दा माथि उठ ।
मनलाई जित्नेछौ ।
तिमी जहाँ छौ,
मनलाई त्यही राख ।
आनन्द पाउनेछौ ।
जीवन जित्नेछौ ।
यो जन्म जित्नेछौ ।

(हाल: अमेरिका)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सुरज निरौला
डा. सुरज निरौला
लेखकबाट थप