कविता
त्यहाँ बढो आनन्द छ है सर ?
शनिबार, २१ पुस २०८०, ११ : २९
त्यहाँ जे छैन, त्यो यहाँ छ,
यहाँ बढो आनन्द छ ।
तर,
यहाँ जे छैन नि, त्यो त्यहाँ छ,
त्यहाँ बढो आनन्द छ ।
कसरी भनूँ म,
आनन्द कहाँ छ ?
आनन्द कहीँ छैन,
आनन्द जता ततै छ ।
याद गर मित्र,
आनन्द खोजेर पाउँदैनौँ,
आनन्द लिएर पाउँछौँ ।
किनकि तिमी जहाँ छौ,
तिम्रो मन त्यहाँ छैन ।
तिमी यहाँ छौ, तिम्रो मन त्यहाँ छ।
तिमी त्यहाँ छौ, तिम्रो मन यहाँ छ।
कसरी पाउँछौ आनन्द ?
मनको स्वभाव नै त्यस्तै हो ।
शरीरसँग बस्दैन मन ।
किनकि मन भित्र शरीर छ ।
मन भन्दा माथि उठ ।
मनलाई जित्नेछौ ।
तिमी जहाँ छौ,
मनलाई त्यही राख ।
आनन्द पाउनेछौ ।
जीवन जित्नेछौ ।
यो जन्म जित्नेछौ ।
(हाल: अमेरिका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण