शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

मस्त निद्रामा सरकारका सपना

शनिबार, २१ पुस २०८०, १५ : ०३
शनिबार, २१ पुस २०८०

सरकार मस्त निद्रामा 
सपना देख्दै छ रे 
निराशा र बेचैनीको 
इतिहास लेख्दै छ रे ।

सीमापारिका प्रभुको 
बैसाखी टेक्दै छ रे 
कानुनको आँखाबाट 
अपराधी छेक्दै छ रे ।

रित्तिऊन गाउँ रित्तियोस् देश 
सत्ता–रेश चल्दैछ रे 
निराशा उत्पादन केन्द्र भयो देश  
 जनआशा जल्दै छ रे ।

मरून जनता जलुन आशा 
सत्ता चाख्दै छ रे
कमिसनको कुण्डमा 
माछा ताक्दै छ रे ।

सुशासन र विकास अनि 
न्याय दिँदै छ रे 
जनसरोकार सम्बोधनको 
जस लिँदै छ रे ।

चिप्लो सम्बोधन खोक्रो वाचा 
वीरबलको खिचडी पाक्दै छ रे
भ्रमको खेती र सपनाको व्यापार 
८४ को चुनाव ताक्दै छ रे ।

निद्रामा मस्त सरकार 
सपना देख्दै छ रे 
निराशा र बेचैनीको 
इतिहास लेख्दै छ रे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष गौतम
सन्तोष गौतम
लेखकबाट थप