कविता
मस्त निद्रामा सरकारका सपना
शनिबार, २१ पुस २०८०, १५ : ०३
सरकार मस्त निद्रामा
सपना देख्दै छ रे
निराशा र बेचैनीको
इतिहास लेख्दै छ रे ।
सीमापारिका प्रभुको
बैसाखी टेक्दै छ रे
कानुनको आँखाबाट
अपराधी छेक्दै छ रे ।
रित्तिऊन गाउँ रित्तियोस् देश
सत्ता–रेश चल्दैछ रे
निराशा उत्पादन केन्द्र भयो देश
जनआशा जल्दै छ रे ।
मरून जनता जलुन आशा
सत्ता चाख्दै छ रे
कमिसनको कुण्डमा
माछा ताक्दै छ रे ।
सुशासन र विकास अनि
न्याय दिँदै छ रे
जनसरोकार सम्बोधनको
जस लिँदै छ रे ।
चिप्लो सम्बोधन खोक्रो वाचा
वीरबलको खिचडी पाक्दै छ रे
भ्रमको खेती र सपनाको व्यापार
८४ को चुनाव ताक्दै छ रे ।
निद्रामा मस्त सरकार
सपना देख्दै छ रे
निराशा र बेचैनीको
इतिहास लेख्दै छ रे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण