सल्यानमा माओवादी अभियान : १ लाख ५ हजार बढी जनतासँग भेटघाट
सल्यान । नेकपा (माओवादी केन्द्र) ले थालेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत सल्यानमा १ लाख ५ हजार २८० जनतासँग पुगेको निष्कर्ष निकालेको छ । ४ महिना १० दिनको अवधिको समीक्षा गर्दै अभियान टोलीले सल्यानमा अभियान सफल्तापूर्वक सम्पन्न भएको बतायो ।
अभियानका सल्यान जिल्ला इञ्चार्ज नरेश भण्डारीका अनुसार १३ हजार ८२४ जनपरिचालन, ६ हजार ५०२ पार्टी सदस्यता नवीकरण भएको छ भने एक हजार ८३९ वटा नयाँ पार्टी सदस्यता वितरण गरिएको छ । अभियानको अवधिभर विभिन्न पार्टी परित्याग गरेर ३३८ जना माओवादीमा समाहित भएका छन् भने ७६९ वटा संगठन निर्माण भएका छन् ।
भण्डारीले अभियानको अवधिभर विभिन्न ५३० वटा बैठकहर बसेको र २३० जनसेवा तथा जनश्रमका कार्यहरु भएका छन् । जसमा सडक निर्माणदेखि विभिन्न फिल्ड निर्माण, चौतारा निर्माण लगायतका कामहरु भएका छन् । ‘यसले जनतामा सकरात्मक सन्देश प्रवाह गरेको छ,’ भण्डारी भन्छन् ।
भूकम्पपछि भने अभियान टोली प्रभावितहरुका क्षतिग्रस्त भवनहरुको भग्नावशेष हटाउने तथा अस्थायी आवास निर्माणमा जुटेको थियो । भण्डारीका अनुसार यो अवधिसम्म १७० वटा अस्थायी आवास निर्माण कार्य सम्पन्न गरिएको छ । अभियान टोलीको नेतृत्वमा ४०० मिटर सडक निर्माण तथा सार्वजनिक श्रम कार्यहरु सम्पन्न भएका छन् ।
सल्यानमा ‘मतदातासँग मनका कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, संकल्प सभा, उत्पादन उत्प्रेरणा, जनतासँग जनसंगठन, दुःखीसँग दुई दिन, गर्छुँ, म पढ्छुँ, म सक्छुँ, म बोल्छु, म लेख्छु, मिलन पुनर्मिलन, विकासमा विवेक र वेथिति, विचार बहस, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यमा सकस र समाधान, संगठन नै शक्ति, संकल्प सभा, सञ्चारकर्मीसँग सहकार्य, गुटबन्दीलाई छैन छुट, सिर्जनशील सप्ताह’ जस्ता कार्यक्रम तथा अभियानहरु सञ्चालन गरिएको थियो ।
उनले पार्टीलाई बलियो बनाउनका लागि विभिन्न स्वरुपमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता प्रदान गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण