कविता
हिमालयको दीक्षान्त
आइतबार, २२ पुस २०८०, ०९ : ५१
कालापत्थरनजिकै
हिउँदको कठ्याङ्ग्रिँदो अन्धकार रात्रिमा
कालो चिया पिउँदै
चिया र चिसोको मित्रता
भावनाको सियोले सिउँदै गर्दा
अस्तित्वको धागो मेटिने डरले
उसले बालेको हो झरिलो लाइट
सगरमाथाको टुप्पोतिर ।
अस्थायी शिविरहरूमा
अस्तित्व रक्षाको निम्ति
उसले आर्जेको डिग्री
धेरै बेर चिच्यायो
चिसो चिहानमा
उत्प्रेरणाको तापक्रम सपनामा भर्नलाई
झन् बर्फिलो सिरेटो नै
बेस्सरी बहेपछि
पु¥याइदियो उसको विद्वता
पालभित्रको हिरासतमा
जहाँबाट उसले अब उप्रान्त
दिन सक्दैन
गोल्ड मेडलका धाक
परिवर्तनको होडबाजीको कृतिमानीका निम्ति
अनपढ हिमालहरू सामु ।
आज सारा अहङ्कारका कारखानाहरू
हिमाल र हात्तीहरू छाप्ने निहुँमा
सारा लोक नै
हिमालयकै मुखमा पुगेपछि
विचरा ! ती लाटा अग्ला थुम्काहरूले पनि
के गर्नु त ?
दीक्षित हुनेबाहेक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
-
गण्डकीको संसद् बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति, तस्बिरमा हेर्नुहोस्
-
महँगो सामाजिक कार्य थेग्ने कसरी ?
-
कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने