वैद्य र सर्वहारीलाई धुस्वाँ सायमी पुरस्कार
काठमाडौँ । यस वर्षको धुस्वाँ सायमी पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिने भएको छ । गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
यो वर्ष उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वाँ वसुन्धरा पुरस्कार’ सर्वहारीलाई प्रदान गरिने भएको छ भने ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको छ । गंकी धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली, नेपालीभाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
त्यस्तै धुस्वां सायमी सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौँ गीतहरू रहेका छन् । उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको थियो । त्यस्तै सङ्गीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमी र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो ।
उक्त दुवै पुरस्कार आगामी माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण