चार श्रीमती, तीन सन्तान भएका जापानका यी बेरोजगार युवक
टोकियो । जापानी मिडियामा हालै एक ३५ वर्षीय पुरुषबारे विवादास्पद रिपोर्ट प्रकाशित भएको थियो । करिब एक दशकदेखि बेरोजगार रहेका ती पुरुषको कथित रुपमा चारजना श्रीमती र तीन सन्तान भएको समाचारमा उल्लेख थियो ।
रयूटा वाटानाबे जापानको होकाइडो टापुको साप्पोरोका निवास हुन् । आफ्नो अनौठो जीवनशैलीका लागि उनी रातारात चर्चित बनेका छन् । उनी चारमध्ये तीन पत्नीसँग एकसाथ मिलेर बस्छन् । उनी जीवनयापनका लागि श्रीमतीहरूमाथि निर्भर छन् । उनले पछिल्ला १० वर्षमा कुनै काम नै गरेका छैनन् ।

उनको जीवनबारे जापानको अबेमा टिभीको कार्यक्रम अबेमा प्राइममा रिपोर्ट प्रकाशित भएको थियो । जापानमा बहुविवाह प्रतिबन्धित भएकाले यसले ठुलो विवाद सिर्जना गरेको थियो । तर, यो कानुनलाई छल्न उनीहरू विवाहजस्तो सम्बन्धमा बाँधिएका छन् । उनीहरूले एकपटकमा एकजनाले विवाह गरेर सम्बन्ध विच्छेद गर्दै सन्तानका लागि ‘वाटानाबे’ थर लिएका छन् ।
‘म महिलाहरूलाई धेरै माया गर्छु । मैले थाहा नै नपाई यो अवस्थामा पुगेँ,’ उनले अबेमा टिभीलाई भनेका छन् । उनको पहिलो पत्नी २७ वर्षकी छन् भने दोस्रो २४ र तेस्रो २२ वर्षकी छन् । पहिलो पत्नीबाट उनको २ वर्ष र १ वर्षका दुई सन्तान रहेका छन् । दोस्रो पत्नीबाट उनको ५ महिनाको सन्तान छ । उनले चौथो पत्नी कहाँ छन् भनेर खुलाएनन् तर अन्य पत्नीले चौथो पत्नी पनि भएको पुष्टि गरेका छन् ।
उनका चारजना पत्नीहरू मिलेर मासिक ८ लाख ५० हजार येन (करिब ५ हजार ८६० डलर) खर्च धान्छन् । रयूटाले भने घर सम्हालेर बस्छन् । जापानको पितृसत्तात्मक समाजका लागि यो पनि अनौठो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण