आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चार श्रीमती, तीन सन्तान भएका जापानका यी बेरोजगार युवक

आइतबार, २२ पुस २०८०, १३ : २२
आइतबार, २२ पुस २०८०

टोकियो । जापानी मिडियामा हालै एक ३५ वर्षीय पुरुषबारे विवादास्पद रिपोर्ट प्रकाशित भएको थियो । करिब एक दशकदेखि बेरोजगार रहेका ती पुरुषको कथित रुपमा चारजना श्रीमती र तीन सन्तान भएको समाचारमा उल्लेख थियो ।

रयूटा वाटानाबे जापानको होकाइडो टापुको साप्पोरोका निवास हुन् । आफ्नो अनौठो जीवनशैलीका लागि उनी रातारात चर्चित बनेका छन् । उनी चारमध्ये तीन पत्नीसँग एकसाथ मिलेर बस्छन् । उनी जीवनयापनका लागि श्रीमतीहरूमाथि निर्भर छन् । उनले पछिल्ला १० वर्षमा कुनै काम नै गरेका छैनन् ।

Ryuta-Watanabe

उनको जीवनबारे जापानको अबेमा टिभीको कार्यक्रम अबेमा प्राइममा रिपोर्ट प्रकाशित भएको थियो । जापानमा बहुविवाह प्रतिबन्धित भएकाले यसले ठुलो विवाद सिर्जना गरेको थियो । तर, यो कानुनलाई छल्न उनीहरू विवाहजस्तो सम्बन्धमा बाँधिएका छन् । उनीहरूले एकपटकमा एकजनाले विवाह गरेर सम्बन्ध विच्छेद गर्दै सन्तानका लागि ‘वाटानाबे’ थर लिएका छन् ।

‘म महिलाहरूलाई धेरै माया गर्छु । मैले थाहा नै नपाई यो अवस्थामा पुगेँ,’ उनले अबेमा टिभीलाई भनेका छन् । उनको पहिलो पत्नी २७ वर्षकी छन् भने दोस्रो २४ र तेस्रो २२ वर्षकी छन् । पहिलो पत्नीबाट उनको २ वर्ष र १ वर्षका दुई सन्तान रहेका छन् । दोस्रो पत्नीबाट उनको ५ महिनाको सन्तान छ । उनले चौथो पत्नी कहाँ छन् भनेर खुलाएनन् तर अन्य पत्नीले चौथो पत्नी पनि भएको पुष्टि गरेका छन् ।

उनका चारजना पत्नीहरू मिलेर मासिक ८ लाख ५० हजार येन (करिब ५ हजार ८६० डलर) खर्च धान्छन् । रयूटाले भने घर सम्हालेर बस्छन् । जापानको पितृसत्तात्मक समाजका लागि यो पनि अनौठो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप