एमाले सुर्खेतको नवौँ अधिवेशन फागुनमा
सोमबार, २३ पुस २०८०, ०९ : ०३
सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन फागुनमा गर्ने भएको छ । सनिबार र आइतबार वीरेन्द्रनगरमा बसेको जिल्लाको बैठकले फागुन ४, ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
माघभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गरिसक्ने पार्टीको निर्णय अनुसार अधिवेशनको मिति तय गरिएको अध्यक्ष अमृत कुमार विसीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि विभिन्न समिति तथा समितिका संयोजकहरु समेत तोकिएको छ ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखमा स्वयंम अध्यक्ष विसी संयोजक छन् भने प्रतिनिधि व्यवस्थापनमा कुलमणी देवकोटा, प्रचार प्रसार उपसमितिमा गंगाराम तिमिल्सना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मर तिवारी र भोजन व्यवस्थापनमा पुर्णबहादुर पौडेल संयोजक छन् ।
सुर्खेतमा एमालेका १० हजार ५५८ जना संगठिन सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण