तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ
विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।
उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । ‘ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद भएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले तौलिने काम भइरहेको छ ।’ ८ वटा बोरामा गाँजा र साना पोकाहरुमा पनि बरामद भएको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरिले जनाएको ६ ।
भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण