१ सयवटा भन्दा बढी मोटरसाइकल चोर्ने गिरोह

काठमाडौँ । विगत लामो समय देखि मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका- २ बस्ने २३ वर्षीय निकाईल अन्सारी रहेका छन् ।
संगठित गिरोहको खोजतलास एवं नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन नै सञ्चालन गरेको थियो । अपरेसनको क्रममा १०० भन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा पुर्याई बिक्री गर्ने गिरोहका दुई जनाहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
उनीहरूलाई गत मङ्सिर २९ गते विराटनगरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नजाम अन्सारीको साथबाट अवैध लागु औषध ब्राउन सुगर १.०३ ग्राम बरामद भएको थियो । उनीमाथि लागु औषध कसुरमा समेत अनुसन्धान गरिएको प्रहरीको भनाई छ । अन्सारी विगतमा समेत निम्न अपराधमा संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।
उनीहरूले चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको दाहालले बताए । चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात् मोटरसाइकल चोरीका घटनामा समेत ठुलो मात्रामा कमी आएको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश