बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो

मङ्गलबार, २३ वैशाख २०८२, २१ : ४१
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । ब्याटिङ लाइन अप नचलेपछि लयमा रहेको मुम्बई इन्डियन्स आफ्नै घरेलु मैदानमा गुजरात टाइटन्सविरुद्ध १ सय ५५ रनमा रोकिएको छ । मंगलबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औँ खेलमा मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा सो रन बनाएको हो ।

टोलीका लागि विल ज्याक्सले सर्वाधिक रन बनाए । उनले ३५ बलमा ५३ रन जोडे । यस क्रममा उनले ५ चौका र ३ छक्का हिर्काए । 

त्यस्तै, सूर्यकुमार यादवले २४ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका प्रहार गरे । योसँगै उनी ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा पुगेका छन् । उनले १२ खेलमा ५१० रन जोडेका छन् ।
खेलमा मुम्बईले निकै खराब सुरुवात गरेको थियो ।

पहिलो ओभरमा नै रायन रिकेल्टन २ रन बनाएर आउट भए । त्यसपछि रोहित शर्मा पनि ७ रन बनाएर पभेलियन फर्किए । त्यसपछि यादव र ज्याक्स मिलेर ४३ बलमा ७१ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

उनीहरुपछि मुम्बईले एकपछि अर्को विकेट गुमायो । तिलक वर्माले ७ रन, कप्तान हार्दिक पाण्ड्याले १ रन तथा नमन धीरले ७ रनमात्र जोडेर आउट हुन पुगे ।

खेलको अन्त्यतिर कोर्बिन बोस्चले २२ बलमा २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १ चौका र २ छक्का हिर्काए ।

गुजरातका लागि साई किशोरले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिए । रसिद खान, जेराल्ड कोट्जी, मोहम्मद सिराज, अर्शद खान र प्रसिद्ध कृष्णाले १–१ विकेट लिए ।

आईपीएलको १८औँ संस्करणमा यी दुई टोली दोस्रो पटक आपसमा भिडेका हुन् । यसअघि खेलिएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको थियो । उक्त खेल गुजरातको घरेलु मैदानमा खेलिएको थियो ।

आजको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल तालिकाको पहिलो र दोस्रो स्थानमा आसीन टोलीभन्दा मुम्बई र गुजरातको नेट रन रेट राम्रो छ ।

मुम्बईले हालसम्म ११ खेल खेलिसकेको छ । त्यसमध्ये मुम्बईको टोली सात खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई १४ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । अब मुम्बईले तीन खेल खेल्न बाँकी छ ।

प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न मुम्बईले तीनमध्ये कम्तिमा दुई खेल जित्नुपर्ने हुन्छ । हालको स्थितिमा सहभागी सबै टोलीमध्ये सबैभन्दा राम्रो नेट रन रेट पनि मुम्बईको छ ।


मंगलबारको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल तालिकाको पहिलो र दोस्रो स्थानमा आसीन टोलीभन्दा मुम्बई र गुजरातको नेट रन रेट राम्रो छ ।

गुजरातले हालसम्म १० खेल खेलेको छ । त्यसमध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । गुजरात १४ अंकसहित तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईपछि सबैभन्दा राम्रो नेट रन रेट गुजरातकै छ ।

आईपीएलमा हालसम्म गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच कुल ६ खेल खेलिएको छ । त्यसमा गुजरात बलियो देखिन्छ । गुजरातले चार खेलमा मुम्बईलाई हराएको छ । मुम्बईले भने दुई खेलमा मात्र गुजरातलाई हराउन सकेको छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप