भिजिट कर्णाली यातायातले सञ्चालनमा ल्यायो एसी हिटर लगजरी सिटसहितको स्कारपियो गाडीहरू
सुर्खेत। कर्णालीमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर 'समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली' नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो ।
प्रदेशको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरू सञ्चालनमा ल्याइएको प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रालिबारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।
अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रालि सञ्चालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरू रहेका छन्। ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरू रहेको पनि उनले बताए ।
विशेषगरी पर्यटकीय स्थलहरू मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरूमा सञ्चालन हुने गरी पर्यटक र यात्रुहरूलाई केन्द्रबिन्दुमा राखिएको उनले बताए।
साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । 'गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्बिर तथा स्टिकरहरु टाँस गरिने छ,' उनले भने, 'यसले प्रदेशको पर्यटनको प्रसार प्रचारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ।'
सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण