शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

मङ्गलबार, २४ पुस २०८०, १४ : २५
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा. केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप