कानुन निर्माणमा स्थानीय तह पनि सक्षम हुन आवश्यक : सभामुख घर्ती
बुधबार, २५ पुस २०८०, १९ : ५१
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन आवश्यक रहेको बताएका छन् । बुधबार बुटवलमा भएको लुम्बिनी प्रदेशसभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी र संवैधानिक व्यवस्था अनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य गरिएको बताए ।
सभामुख घर्ती मगरले विकास निर्माणसँगै कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संवेदनशील बन्नु पर्ने बताए । प्रदेशसभा र स्थानीय तहबिच अन्तरसम्बन्ध स्थापित गरी सुशासन कायम गर्न र जनमैत्री काम गर्न सकिने उनले बताए ।
उपसभामुख मेनुका खाणले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण