आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलहरले सिराहाको जनजीवन कष्टकर

बिहीबार, २६ पुस २०८०, २० : ५१
बिहीबार, २६ पुस २०८०

सिराहा । सिराहामा लगातार एक सातदेखि चलेको शितलहरका कारण नवजीवन प्रभावित भएको छ । चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द रहेका छन्। यस्तै चिसोले गर्दा हाट बजार, सार्वजनिक स्थलहरूमा चहलपहल निकै कम भएको छ । 

जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि गोल बजार नगरपालिकाले सर्वसाधारण लागि सार्वजनिक स्थलहरूमा बिहीबार दाउरा वितरण गरेको छ ।

जसका कारण गोलबजारनगर क्षेत्रमा दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् । नगरपालिकाले बस बिसौनी, मानिसको चहलपहल हुने स्थानहरूमा दाउरा वितरण गरी आगो बालेको गोल बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए । 

गोल बजारको विभिन्न ठाउँ, चोहर्वा, बस बिसौनी र मानिसको आवतजावत बढी हुने स्थानमा दाउरा बालेको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताए । 

नगरप्रमुख श्रेष्ठले जाडो अत्यधिक भएकोले काम विशेषले बजारसम्म आउने सर्वसाधारण तथा यात्रीहरूको लागि आगोको व्यवस्था गरिएको बताए । आवश्यकताअनुसार अझै वितरण गरिने नगर प्रमुख श्रेष्ठले बताए ।

विगत एक सातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसम अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशु बढी प्रभावित भएका छन् । 

जाडो बढेसँगै दैवी प्रकोप उद्धार समिति सिराहाले जिल्लाका सबै नगरपालिका तथा  गाउँपालिकाका हरूलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्बल वितरण गर्न पनि पत्र जारी गरिसको दैवी प्रकोप उद्धार समितिका सदस्य सचीव तथा सहायक  प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिए । 

साथै जिल्ला प्रशासन कार्यालय सिराहाले जाडोको समयमा धेरैबेर बाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सूचनामार्फत आग्रह गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप