सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एप्क्यानको नयाँ कार्यसमिति चयन

शुक्रबार, २७ पुस २०८०, २० : २९
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार संस्थाको प्रथम एजीएम तथा अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

एप्क्यानको अध्यक्षमा प्रज्योल बस्नेत सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत चयन भए । यस्तै महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत निर्वाचित भए ।  

एप्क्यानको सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चयन भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप