१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट सुरु भएको छ ।
यस योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मङ्सिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ र यो हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले वार्षिक प्रतिफलको रूपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरूलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
योजनाको सार्वजनिक निष्कासन माघ २ देखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ गते सम्म रहनेछ । इच्छुक लगानीकर्ताहरूले यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सक्ने छन् । लगानीकर्ताहरूले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लग ईन गरी अनलाइन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि को वेबसाइट तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण