लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल
काठमाडौँ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका हुन् ।
छलफलका क्रममा तत्काल चालक अनुमति पत्र सहज रूपमा तत्काल दिनेबारेमा केन्द्रित भएर छलफल भएको राणाले जानकारी दिए । उनले लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री राणाले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरे ।
सो क्रममा मन्त्री ज्वालाले लुम्बिनी प्रदेशका मन्त्री राणाले उठाएको विषयबारे आफू सकारात्मक रहेको बताए। मन्त्री ज्वालाले चालक अनुमति पत्र छपाइ र सहज रूपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ भनेर सात प्रदेशका यातायात मन्त्रीहरूलाई बोलाएर छलफल गरेर ठोस निर्णय गर्ने समेत बताएका छन् ।
यसअघि मन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराएका थिए । यस्तै झोलामा ट्रायल सेन्टर बोकेर हिँड्नेलाई कानुनी दायरामा ल्याउन पनि उनले पहलकदमी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण