एनसीएचएल सिस्टमबाट एक दिनमा ८४ अर्ब भन्दा बढीको कारोबार
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको जनाएको छ । गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार सङ्ख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले वृद्धि भएको जनाइएको छ ।
एनसीएचएलका प्रणालीहरू मध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएस मार्फत क्रमशः रु.४१ अर्ब, रु.१४ अर्ब र रु.२९ अर्ब बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो ।
विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएसअन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेटपे , बैंक शाखाहरू, मोबाइल बैंकिङ, वालेट तथा एनपीआई सँग जोडिएका विभिन्न च्यानलहरू मार्फत रियल टाइम भुक्तानीको सङ्ख्यामा अधिकतम वृद्धि भएको देखिएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
त्यस्तै पौष मसान्तको अन्तिम दिनमा डिजिटल च्यानलमार्फत रु. १.६ अर्ब बराबरको राजस्व संकलन तथा रु. ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरू भएको जनाइएको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत पहलहरूले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको एनसीएचएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण