काठमाडौंमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार
बिहीबार, ०४ माघ २०८०, ११ : ४३
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । सो क्रममा उनले काठमाडौं उपत्यकामा चाँडै नै अरु थप शाखाहरु खोल्ने समेत जानकारी दिए ।
हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण