‘दयारानी’ को टिजरमा दयाहाङ र दिया निःसन्तान हुँदाको पीडा
काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा डेब्यु फिल्म हो ‘दयारानी’ । फिल्म २६ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर ल्याएको छ ।
एक मिनेट लामो टिजरमा निःसन्तान दम्पतीको कथा भनिएको छ । श्रीमान्–श्रीमतीको भूमिकामा रहेका दयाहाङ राई र दिया पुनबिच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई टिजरले देखाएको छ । टिजरमा सन्तानका लागि दियाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको देख्न सकिन्छ ।
टिजरमा दयाहाङले साली (प्रमिसा गुरुङ) लाई जिस्काएको दृश्य समावेश छ । टिजरको अन्तिममा प्रमिशाले ‘भिनाजुले कान्छी बनाउने रे’ भन्ने संवाद सुनिन्छ । दयाहाङ र दियाले ‘वीर विक्रम’ र ‘मिस्टर झोले’ पछि तेस्रोपटक सहकार्य गरेका हुन् । फिल्ममा विजय बराल, पुष्कर गुरुङ, नयन गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, कृष्टी गुरुङ लगायतको अभिनय छ ।
‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मस् तथा माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु आइटी भेन्चरको निर्माणमा सहकार्य रहेको ‘दयारानी’ का कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण