शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिसुधार र कृषि क्रान्ति वामपन्थीले गर्नुपर्छ : झलनाथ खनाल

शुक्रबार, ०५ माघ २०८०, १७ : ०६
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक अन्तर विरोध किटान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय स्कुल विभागले शुक्रवार नगरकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले वर्गीय अन्तर्विरोध सामाजिक अन्तर्विरोधको रूपमा देखिएको भन्दै पुनर्उत्थानवादी सलबलाउनुको कारण दलहरूले खोज्न जरुरी रहेको पनि बताए ।

‘वर्गीय अन्तर्विरोध समाजवादी क्रान्तिभर रहन्छ र प्रधान अन्तर्विरोध पनि परिवर्तन भइरहन्छ । त्यसैले हामीले अन्तर्विरोध छुट्ट्याउन नसके आन्दोलन कमजोर हुन्छ’, नेता खनालको भनाइ छ । उनले भूमि सुधार र कृषि क्रान्ति वामपन्थीले मात्र गर्न सक्ने र त्यो गर्नुपर्ने भन्दै त्यसैको जगमा मात्र समाजवादी क्रान्ति अगाडि बढ्न सक्ने बताए

नेपाली कांग्रेस, रास्वपा, राप्रपा, लोसपा लगायतका दलहरू दलाल पुँजीपतिको प्रतिनिधि पार्टी रहेको खनालको भनाइ छ ।

नेता खनालले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिको आधारमा मार्क्सवादलाई बुझ्नुपर्ने भन्दै मार्क्स र लेनिनलाई पढ्ने तथा नेपाली समाजलाई बुझ्न आवश्यक रहेकोमा जोड दिए ।

‘जबज अतित भइसक्यो र यसको युग सिद्धियो, अब समाजवादको दिशामा जान समाजवादलाई नै मार्गदर्शन सिद्धान्त मानेर अगाडि बढ्नुपर्छ’, खनालको कार्यकर्तालाई निर्देशन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप