मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चितताका लागि आजपाले संघर्ष गर्ने

शनिबार, ०६ माघ २०८०, २१ : ३८
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ । पार्टीको आम महिला मोर्चाको बैठकबाट महिलाको मुद्दालाई पार्टीले उच्च महत्वका साथ उठाउँदै ५१ प्रतिशत अधिकार सुनिश्चितताका लागि पहल गर्ने निर्णय भएको हो ।  

रौतहटको मौलापुर पार्क होटलमा बसेको उक्त बैठकले  “महिलालाई राज्यको हरेक तह र निकायमा ५१ प्रतिशत अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय गरेको मोर्चाकी अध्यक्ष कुमारी बबिताले बताइन् ।

कार्यक्रममा  आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कर्जा दिलाउनको लागि घोषित माघ ११ गतेको कार्यक्रम सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।  

यसैबिच आईटी आर्मीको मौलापुर नगर भेला सम्पन्न  भएको छ । पार्टीका  अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा साथ सम्पन्न भएको हो  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप