आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कटहरियास्थित ग्यास पसलमा आगलागी

आइतबार, ०७ माघ २०८०, १९ : ४६
आइतबार, ०७ माघ २०८०

रौतहट । रौतहटको कटहरियामा आइतबार मिश्रीलाल साह सोनारको ग्यास सिलिण्डर बिक्री गर्ने पसलमा आगलागी भए पनि स्थानीय युवा तथा प्रहरीको सक्रियतामा समयमै आगो निभाउँदा ठुलो दुर्घटना टरेको छ ।

सिलिन्डरमा ग्याँस भर्ने क्रममा लिक भएर आगलागी हुँदा बजारमा भागाभाग भएको थियो । आगलागी लगत्तै स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोली आगो नियन्त्रणमा खटिएको थियो । समयमै आगो निभाउन सकिएकाले ठुलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अरुण कुमार सिंहले बताए ।

आगलागीमा परेर १५ थान सिलिन्डर, ३ थान ब्याट्री, १ थान डिजिटल तराजु जलेर २ लाख ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । आगो नियन्त्रणको क्रममा दुई जना प्रहरी सामान्य घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप