कटहरियास्थित ग्यास पसलमा आगलागी
आइतबार, ०७ माघ २०८०, १९ : ४६
रौतहट । रौतहटको कटहरियामा आइतबार मिश्रीलाल साह सोनारको ग्यास सिलिण्डर बिक्री गर्ने पसलमा आगलागी भए पनि स्थानीय युवा तथा प्रहरीको सक्रियतामा समयमै आगो निभाउँदा ठुलो दुर्घटना टरेको छ ।
सिलिन्डरमा ग्याँस भर्ने क्रममा लिक भएर आगलागी हुँदा बजारमा भागाभाग भएको थियो । आगलागी लगत्तै स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोली आगो नियन्त्रणमा खटिएको थियो । समयमै आगो निभाउन सकिएकाले ठुलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अरुण कुमार सिंहले बताए ।
आगलागीमा परेर १५ थान सिलिन्डर, ३ थान ब्याट्री, १ थान डिजिटल तराजु जलेर २ लाख ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । आगो नियन्त्रणको क्रममा दुई जना प्रहरी सामान्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण