मयानको शतकसँगै मधेश प्रदेशले सुदूरपश्चिमलाई दियो ३२० रनको विशाल लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि तीन सय २० रनको विशाल लक्ष्य दिएको छ । मधेश प्रदेशले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको हो ।
जारी प्रतियोगितामा मधेश प्रदेशले बनाएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि मधेश प्रदेशविरुद्धकै खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा मधेश प्रदेशका लागि एक ब्याट्सम्यानले शतक र दुई ब्याट्सम्यानले अर्धशतक बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रन बनाए । उनले एक सय २८ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए । मधेश प्रदेशका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले पनि ६९ रनको योगदान गरे । उनले ७० बलमा दुई छक्का र ६ चौका पनि हिर्काए ।
यसैगरी चौथो नम्बरमा क्रिज समाल्न आएका पवन सर्राफले पनि टोलीको खातामा ७० रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका पवनले केवल ६३ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । यसका अतिरिक्त मधेश प्रदेशका लागि रुपेश सिंहले पनि २१ रनको योगदान गरे । अभिषेक तिवारीले पनि १६ रन बनाए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाहले टोलीको खातामा १४ रन थपे ।
मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ६५ रन खर्चिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण