संसदीय समितिले छलफलका लागि स्वास्थ्य मन्त्रीलाई बोलायो, मन्त्रालयको प्रगति विवरण माग
काठमाडौँ । संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्य मन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो ।
सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरुले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको पनि समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । त्यसैगरी बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रुपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति जोशीले भने, ‘हामीले एउटा कुरा त मन्त्रीज्युलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमति ग¥यौं । दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौँ । तेस्रो भनेको स्वास्थ्यसँग आबद्ध भएको स्वायत्त निकायहरु खासगरी बीमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुसँग पनि छुट्टाछुट्टै हामीले बैठक गर्ने भन्ने तेस्रो निर्णय ग¥यौं ।’
समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरुको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरु राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण