मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ : अध्यक्ष यादव
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । आज सो विश्वविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे ।
“आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु”, उनले भने । उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन समेत निर्देशन दिए ।
प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकाले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने दाबी गरे ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशको सप्तरीमा विश्वविद्यालय स्थापना हुनु गौरवको विषय भएको बताए । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो ।
मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराए । प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु एक अर्ब ४९ करोड बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो ।
सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा रु ३९ करोड र चालु आवमा रु ३० करोड विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण