सञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ सार्वजनिक
काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारी लिखित ‘मैले पढेका ५१ पुस्तक’ सार्वजनिक भएको छ । सोमबार मिलाप पब्लिकेशनले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार, कथाकार माया ठकुरी, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह लगायतले पुस्तक सार्वजनिक गरे ।
पत्रकार उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय सङ्ग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाल लगायत थुप्रैको उपस्थिति रहेको थियो ।
कार्यक्रम लेखक अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई ‘मैले पढेका ५१ पुस्तक’मा समावेश गरेको बताइन् । उनले पुस्तकलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका अनुरोध गरिन् ।
त्यस्तै वरिष्ठ साहित्यकार, कथाकार माया ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा उनले स्थान दिएको बताइन् । उनले लेखकबाट आगामी दिनमा पनि धेरै पुस्तकको आस गरेको बताइन् ।
पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको सङ्ग्रह नभएर कृति परिचयसंग्रह रहेको बताए ।
पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितामा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै कृति आएको बताए ।
चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितामा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे ।
वरिष्ठ संगीतकार राजु सिंह, कलाकार लय सङ्ग्रौला, साहित्यकार दामोदार पुडासैनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, प्रा.पुरुषोत्तम दाहाल लगायतले कृतिका लागि अधिकारीले कृति र लेखकको विषयमा बोलेका थिए ।
गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छिन् । उनको ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्म पुगेकी गीताको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण