मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आजपाद्वारा मधेसमा मसाल जुलुस प्रदर्शन

बुधबार, १० माघ २०८०, २२ : ३४
बुधबार, १० माघ २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा मसाल जुलुस प्रदर्शन गरेको छ । सो पार्टीद्वारा बिहीबार मधेस बन्दको घोषणा गरेको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरिएको अध्यक्ष साहले जानकारी दिए ।

मधेसका विभिन्न जिल्लामा आजपाका नेता कार्यकर्ताले साँझ चोक चोकमा भेला भएर मसाल जुलुस प्रदर्शन गरेका थिए । बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी तथा आम सर्वसाधारण जनतालाई सहज कर्जा उपलब्ध गराउन आजपाले माग गरेको छ ।

यसैबिच आजपाले रौतहटको गौर, चन्द्रनिगाहपुर, र गरुडामा मसाल पनि मसाल जुलुस प्रर्दशन गरेको छ । आमजनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरुले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन।

राजमार्गको पूर्वतर्फ बाट नारा जुलुस सहित आएका प्रदर्शनकारी र प्रहरीबिच चन्द्रपुर मुख्य चौकमा सामान्य झडप भएको थियो।  उता उमाशंकर साह, निवेश यादव, बिक्रम साहले गौरमा र अनिल झा, विजय साहले गरुडा स्थित मसाल जुलुसको नेतृत्व गरेका थिए।

मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भएपनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए । आजपाले जनजिविकाको सवाललाई लिएर निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप