फिल्म ‘राम नाम सत्य’ निर्माण घोषणा
काठमाडौँ । म्युजिक भिडियो निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा उनले ‘राम नाम सत्य’ फिल्म निर्माण गर्न लागेका हुन् ।
फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा एउटा ठुलो घण्टी र बन्चरोलाई देखाइएको छ । साथमा, आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोस्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ । फिल्मको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ ।
फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहनेछ । अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत रहने फिल्मको लेखन र सङ्गीतको काम भइरहेको निर्देशक चन्दले बताए । ‘केही फरक फिल्म गर्ने सोचले निर्देशनमा आउन लागेको हो’ चन्दले बताए ।
फिल्मका लागि अहिले धमाधम कलाकार छनोट भइरहेको छ । फिल्म नयाँ वर्षबाट छायाङ्कनका लागि फ्लोरमा निस्कने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण