शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
आईसीसी यू–१९ विश्वकप

दोस्रो ओभरमै नेपालले अफगानिस्तानको दोस्रो विकेट लियो

शुक्रबार, १२ माघ २०८०, १४ : ०१
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दुई विकेट लिएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए ।

आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन् । पहिलो ओभरको चौथो बलमा नुमन आउट हुँदा अफगानिस्तानले केवल एक रन बनाएको थियो । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा नेपाली बलर आकाश चन्दले अफगानिस्तानको दोस्रो विकेट लिए ।

आकाशले अफगानिस्तानका खालिद तनिवाललाई शून्य रनमै आउट गरे । त्यतिबेला अफगानिस्तानले दुई रन बनाएको थियो । अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् । समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।

शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ । नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई–दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट –०.८०० र अफगानिस्तानको नेट रन रेट –२.८६० रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप