मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला

शुक्रबार, १२ माघ २०८०, १४ : २०
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् ।

शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो । आपत्कालीन सेवाकाअनुसार ब्ल्याक बक्सहरू अनुसन्धानकर्ताहरूलाई हस्तान्तरण गरिएको छ । 

बुधबार विमान दुर्घटनामा परी ७४ जना मारिएको युक्रेनले दाबी गरेको थियो । विमानमा ६५ जना युक्रेनी युद्धबन्दीहरु रहेको बताइएको छ । 

विमानमा ६ जना क्रु मेम्बर र तीन सहायक मेम्बर रहेको बताइएको थियो ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप