मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीति सेवाको लागी गर्ने हो : नेता सिंह

शुक्रबार, १२ माघ २०८०, १९ : ३२
शुक्रबार, १२ माघ २०८०

हेटौंडा । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताए । शुक्रबार हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा भएको कांग्रेसको ७८ औं स्थापना दिवस कार्यक्रममा सिंहले राजनीतिमार्फत समाज र राष्ट्रको सेवामा ध्यान दिन जरुरी रहेको बताए ।

‘राजनीतिज्ञमा इमान्दारीता हराउँदै गएको छ । राजनीति सेवाको लागि गर्ने हो । तर हामीले राजनीति धन सम्पत्ति आर्जन गर्ने पेसा जस्तो बनायौँ । हामी त जनताको अधिकार दिलाउन राजनीतिमा लागेका हौँ,’ सिंहले भने,‘राजनीतिलाई सेवाको क्षेत्रको रुपमा स्थापित गराउन ध्यान दिनुपर्छ  ।’  

नेता सिंहले जनताको इच्छा आकांक्षा पूरा गर्न निस्वार्थ भावले काम गर्नुपर्ने बताए । विगतदेखि नै विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै २०७२ को संविधान जारी गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई छ । कांग्रेसकै नेतृत्वमा प्राप्त भएको संविधानको रक्षाको लागि अहिले अन्य दलहरुसँग गठबन्धन गरेर अघि बढिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई अझै बलियो बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

जनताको इच्छा आकांक्षा अनुसार काम नगर्दा नै दलहरुप्रति जनताको विश्व हराएको भन्दै उनले जनताको आकांक्ष अनुसारको काम गर्न जनप्रतिनिधिहरु लाग्नु पर्ने बताए । कांग्रेसको पहलमा संघीय कानुनहरु निर्माण गरेर जतिसक्दो चाँडो प्रदेश तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक भएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप