कविता
जीवन यसरी नै चलेको छ
शनिबार, १३ माघ २०८०, ०७ : ४३
केही गरौँ या नगरौँ
यी दुवै फैसलाको बिचबाट गुज्रिरहेको छ
केही गरौँ त, सबै ढोका बन्द छ
नगरौँ त, पूरै जीवन अन्धकार छ
जीवन यसरी नै चलेको छ ।
अदम्य साहसको त कुरै नगरौँ
रातभर जागेको छ
दिनभर थाकेको छ
स्वर्णिम सपनाहरूको खोजीमा
बेचैनको सिकार बनेको छ
जीवन यसरी नै चलेको छ ।
सोध्ने, खोज्ने र देख्नेहरूको दृष्टिमा
देखिने मेरो भौतिक जीवन
भोगाइमा बिल्कुल फरक छ
वरपर छ, तल–माथि छ,
न अर्थ छ, न व्यर्थ नै छ
जीवन यसरी नै चलेको छ ।
जीवन यसरी चलेको छ
जसरी यात्रीबिनाको सवारी चलेको छ
मस्तिष्कबिनाको मानिस हिँडेको छ
अर्थबिनाको शब्द बनेको छ ।
हो त्यसैगरी
आज जीवन अस्तित्वविहीन भएको छ
शून्यताको प्रेममा बाँधिएको छ
एकान्तको आत्मीय मित्र बनेको छ
जीवन यसरी नै चलेको छ
जीवन यसरी नै चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण