कविता
केही त सिक
शनिबार, १३ माघ २०८०, ०७ : ४७
पुस्तान्तरणसँगै सोचान्तरण गर्न सिक
व्यवस्था मात्र होइन अवस्था पनि परिवर्तन गर्न सिक
कुर्सी नपाउँदा चिच्याउनेहरू हो
कुर्सी पाएपछि देश र जनताका लागि केही त गर्न सिक
पदमा आसीन हुन पाउँदा मख्ख पर्नेहरू हो
त्यो पदको लाज बचाउन सिक ।
भाषण गर वा नगर
तर देश र जनताका लागि विकास निर्माणको काम गर्न सिक
देशका जनतालाई देशको कानुनभित्र बसेर
काम गर्न सक्ने वातावरण बनाउन सिक
राज्यको हरेक संयन्त्र जनताका लागि हो
सही ढंगले परिचालित हुन सिक
आफ्नो नागरिकलाई हरेक क्षेत्रमा फेल खुवाएर
विदेशी पोस्ने काम कदापि नसिक ।
नत्र हजारौँ ‘प्रेमप्रसाद’हरू
आगोको लप्कामा जिउँदै जल्न बाध्य हुनेछन्
अनि देश हाँक्ने हँु भन्नेहरूलाई नै
त्यो लप्काले नभेट्ला भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण