चिनियाँ उपमन्त्री र अध्यक्ष नेपालबिच भेटवार्ता
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायान र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । हायान नेतृत्वको प्रतिनिधि मण्डलले शनिबार साँझ एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर पार्टी नेतृत्वसँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा छलफल गरेको हो ।
भेटवार्तामा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरू साथै विदेश विभागका सदस्यहरूको उपस्थिति रहेको विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए। द्विपक्षीय भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो राखेको थियो । भेटवार्ता सौहार्दपूर्ण हुनुको साथसाथै, द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको विदेश विभाग सचिव डा. खतिवडाले जानकारी दिए।

उपमन्त्री हायानले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण