शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो, तस्बिरहरू हेर्नुहोस्

आइतबार, १४ माघ २०८०, ११ : ३८
आइतबार, १४ माघ २०८०

मियामी । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।

079c2e8a-4f26-406d-8129-d8ab272c1e0e

‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्।

08f1c0aa-fb2e-4d5f-abe2-b13165ca2ada

यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।

581df605-266d-4c42-a311-cfd3a02244d5

यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्। जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो पार्क पनि छ जसमा वास्तविक रूखहरू र बिरुवाहरू रोपिएका छन्। यस पार्कमाथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ ।

6fd47ba8-7088-4cf9-84b2-0feffa7fb1d3

तर, वातावरणविद्हरूले यो जहाजको विरोध गरिरहेका छन् । एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनको भनाइ छ ।

e951eed4-2677-4955-afdf-81338fba909b

जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा, एलएनजी राम्रो र कम प्रदुषणकारी भए पनि यसमा चुहावट हुने खतरा हुन्छ।

aea02903-4d8e-48e4-8b61-067846d466c7

तर रोयल क्यारेबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मापदण्डअनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप