विभिन्न कार्यक्रम गर्दै मनायो भन्सार एजेन्ट संघले अन्तर्राष्ट्रिय भन्सार दिवस
काठमाडौँ । नेपाल भन्सार एजेन्ट संघले विभिन्न कार्यक्रम गरेर साताव्यापी रूपमा ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । त्यस क्रममा त्रिवि भन्सार कार्यालय परिसरको सरसफाइदेखि फुटसल प्रतियोगिता समेत भएका छन् । १६ वटा टिमबिच भएको फुटसल प्रतियोगितामा कुरियर सेवा संघ प्रथम, नेपाल प्रहरी द्वितीय र नेपाल निर्यात परिषद् तृतीय पुरस्कार पाएका छन् । उनीहरूले क्रमशः २५, १५ र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । त्यस्तै माघ १२ गते त्रिवि भन्सार कार्यालय परिसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङ, प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघ काठमाडौँका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।
सोही कार्यक्रममा भन्सार एजेन्ट संघले अतुल स्मृति गुरुकुल तीनकुनेलाई १२ थान सिरक र डसना वितरण गरिएको थियो । त्यस्तै २५ जनवरीमा रक्तदान कार्यक्रम आयोजना गरी ६१ पाउन्ड रगत संकलन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण