बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न कार्यक्रम गर्दै मनायो भन्सार एजेन्ट संघले अन्तर्राष्ट्रिय भन्सार दिवस

सोमबार, १५ माघ २०८०, १६ : ०८
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेपाल भन्सार एजेन्ट संघले विभिन्न कार्यक्रम गरेर साताव्यापी रूपमा ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । त्यस क्रममा त्रिवि भन्सार कार्यालय परिसरको सरसफाइदेखि फुटसल प्रतियोगिता समेत भएका छन् । १६ वटा टिमबिच भएको फुटसल प्रतियोगितामा कुरियर सेवा संघ प्रथम, नेपाल प्रहरी द्वितीय र नेपाल निर्यात परिषद् तृतीय पुरस्कार पाएका छन् । उनीहरूले क्रमशः २५, १५ र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । त्यस्तै माघ १२ गते त्रिवि भन्सार कार्यालय परिसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङ, प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघ काठमाडौँका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

सोही कार्यक्रममा भन्सार एजेन्ट संघले अतुल स्मृति गुरुकुल तीनकुनेलाई १२ थान सिरक र डसना वितरण गरिएको थियो । त्यस्तै २५ जनवरीमा रक्तदान कार्यक्रम आयोजना गरी ६१ पाउन्ड रगत संकलन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप