शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे

सोमबार, १५ माघ २०८०, १७ : ३७
सोमबार, १५ माघ २०८०

भोपाल । भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । 

हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए ।

सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै चर्चा चलिरहेको छ । यो बिहे सन् २०२३ मा भएको हो । तर अहिले आएर भिडियो भाइरल भइरहेको छ । बेहुला र बेहुलीको उमेर र उमेर अन्तरका कारण पनि बिहेबारे चर्चा चुलिएको हो । बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ । आइतबार बिहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको थियो । भिडियो शेयर हुने बित्तिकै भाइरल भयो । हबीब नजरको यो तेस्रो बिहे हो ।  

भिडियोमा हबीब बिहे गरेर बेहुलीसँग घर फर्किरहेका छन् । मान्छेहरुले उनलाई बधाई दिइरहेका छन् । हबीब मुसुक्क मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन् । हबिबको पहिलो पत्नीको तर्फबाट सन्तान थिएनन् । त्यसपछि उनले अर्को बिहे गरे । तर दोस्रो पत्नीबाट पनि उनले सन्तान सुख पाएनन् । 

दोस्रो श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए । सुरुमा फिरोजले वयोवृद्धसँग बिहे गर्नका लागि अस्वीकार गरेकी थिइन । श्रीमानको मृत्युपछि फिरोज एकल जीवन बिताउँदै थिइन् । आफू पनि एक्लो अनि हबीब पनि एक्लो भन्दै पछि बिहेको लागि स्वीकृति दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप