बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री अनुपस्थित भएपछि संसदीय समिति बैठक स्थगित

मङ्गलबार, १६ माघ २०८०, १२ : ३१
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो ।

बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराएका थिए ।

समिति सभापतिलाई सांसद पन्तले संसद नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गरेका थिए । उनले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराए ।

प्रतिनिधिसभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ । अन्य कार्यसूचि माथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप