सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा लिभरपुलको शानदार जित

बिहीबार, १८ माघ २०८०, ०८ : २५
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए । घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औँ मिनेटमा अग्रता लिएको थियो । डिएगो जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

३९ औँ मिनेटमा लुइस डियाजको पासमा कोनोरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरको लिभरपुलले दोस्रो हाफमा अरु २ गोल थप्दा १ गोल व्यहोरेको थियो । ६५ औँ मिनेटमा डामोनिकले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।

७१ औँ मिनेटमा चेल्सीका क्रिष्टोफोर नुक्नुले कार्नीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारेका थिए । तर, लुइस डियाजले ७९ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ को शानदार जित निकाल्न सफल भयो । 

जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप