प्रिमियर लिगमा लिभरपुलको शानदार जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए । घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औँ मिनेटमा अग्रता लिएको थियो । डिएगो जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
३९ औँ मिनेटमा लुइस डियाजको पासमा कोनोरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरको लिभरपुलले दोस्रो हाफमा अरु २ गोल थप्दा १ गोल व्यहोरेको थियो । ६५ औँ मिनेटमा डामोनिकले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।
७१ औँ मिनेटमा चेल्सीका क्रिष्टोफोर नुक्नुले कार्नीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारेका थिए । तर, लुइस डियाजले ७९ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ को शानदार जित निकाल्न सफल भयो ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण