कविता : बेरोजगारीको वेदना
खै कस्तो देशमा जन्मेछु भन्न नमिल्ने
आफ्नै मातृभूमिलाई दोष दिन नमिल्ने
बेरोजगारी जताजतै आफू र परिवार कसरी पालिने
बिदेसिन खोज्दा सरकारसँग लड्नुपर्ने
लड्दालड्दै अनाहकमै ढल्नुपर्ने
कमाउला, ऋण तिरुँला
बाउआमा पालँुला भन्ने छोरो
बाकसमा फर्कनुपर्ने
बाबुआमा घरमा बेहोस पल्टिने
दाजुभाइको सरसल्लाह गर्ने आधार खोसिने
दिदी–बहिनीको माइतीको खम्बा ढल्ने ।
आमाबाबा ! तिमीहरूलाई थाहै छ
म रहरले बिदेसिन खोजेको होइन
दाइभाउजू तिमीहरूले बुझेकै छौ
देशमै काम खोज्नलाई म नभौँतारिएको होइन ।
दिदी ! तिमीलाई कति सुनाए मेरो विवशता
आफ्नै देशमा जे गर्न पनि तयार थिएँ म
बहिनी ! के गर्छेस् कतै केही बाटो नदेखेपछि
म बिदेसिन बाध्य हुँदै थिएँ
तर मलाई कहाँ थाहा थियो र ?
बिदेसिन खोज्दा आफ्नै मातृभूमिमा लडाइँ गर्नुपर्छ
आफ्नै ज्यान फाल्नुपर्छ ।
मलाई माफ गरिदेऊ आमाबाबा !
आधा बाटोमै तिमीहरूलाई छाड्नुप¥यो
मैले आफ्नो कर्तव्य पूरा गर्न पाइनँ
माफ गर है दाजुभाउजू !
तिमीहरूमाथि झनै जिम्मेवारी थपिदिएँ ।
माफ गर है दिदीबहिनी !
तिमीहरूप्रतिको माइतीको दायित्व पूरा गर्न सकिनँ
माफ गर है मेरी जननी जन्मभूमि !
म तिम्रा लागि पनि केही गर्न सकिनँ
सबैलाई दुःखी बनाए पनि
म आफ्नै मातृभूमिका बिलाउन पाएँ
मेरो कामना यही छ
सबैले देशमै रोजगारी पाऊन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण