आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी खाएपछि ह्याङ्गओभर किन हुन्छ ?

शनिबार, २० माघ २०८०, १२ : ४२
शनिबार, २० माघ २०८०

काठमाडौं । कुनै पार्टी होस् वा साथीभाइसँगको नियमित भेटघाट, खानेकुराको टेबलमा रक्सी नहुने त विरलै मात्र हुन्छ । खानपिनको साथमा साथीभाइसँग कुराकानी । एक पेग दुई पेग गर्दा गर्दै कति खाइन्छ पत्तो हुन्न । बेलुका खाएको रक्सीको असर भोली बिहानसम्म रहन्छ ।

रक्सीका कारण केहीलाई डिहाइड्रेशन हुन थाल्छ । धेरैजसोलाई बिहान टाउको भारी हुन्छ, टाउको दुख्छ । केहीलाई वाकवाकी पनि लाग्छ । यी सबैको कारण एउटै हो –ह्याङ्गओभर । गएको राति तपाईंले जति धेरै रक्सी पिउनु भएको छ भने भोलिपल्ट बिहान उति धेरै ह्याङ्गओभर हुन्छ । रक्सीको मात्रा अनुसार यसको असर पनि अनेकौँ हुन्छ ।

  • के हो ह्याङ्गओभर ? यस्तो किन हुन्छ ?

हामी जे जे खान्छौँ ती सबै खानेकुरा पेटमा गएपछि पच्छ । शरीरले हामीले खाएको खानेकुराबाट सिधै ऊर्जा पाउँदैन । खानेकुरा ऊर्जामा परिणत हुन कयौँ प्रक्रियाबाट गुज्रिनु पर्ने हुन्छ । आन्द्राले खानेकुरा त पचाउँछ तर रक्सीलाई पचाउन सक्दैन । यसलाई टुक्राउने र पचाउने काम कलेजोले गर्छ । रक्सीलाई कलेजोले भित्री अङ्गहरूले सजिलै सोस्न सक्ने बनाउन प्रयास गर्दछ । यस प्रक्रियामा, कलेजोले एन्टी–ड्युरेटिक हर्मन अर्थात् एडीएच नाम गरेको विशेष इन्जाइम निकाल्छ । यसले रक्सीलाई टुक्र्याउने काम गर्छ । यो प्रक्रियामा एसिटाल्डिहाइड बन्दछ । यो एक खालको विषाक्त रसायन हो । हानिकारक रसायन देखेपछि शरीरले यसलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गर्छ । यसकै कारण हामीमा पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता धेरै लक्षण देखा पर्छ ।

रक्सी पिउँदा डिहाइड्रेसन किन हुन्छ ?

रक्सी बाहेक रक्सीबाहेक कन्जेनर र सल्फाइट नाम गरेका तत्त्वहरू पनि हुन्छन् । यसले हाम्रो शरीरमा भासोप्रेसिन बनाउने प्रक्रियालाई रोकिदिन्छ ।  भासोप्रेसिन यस्तो हर्मोन हो जसले हाम्रो मिर्गौलालाई शरीरमा तरलता कायम राख्न प्रेरित गर्दछ । भासोप्रेसिनको अभावमा मिर्गौलाले शरीरमा रहेको पानीलाई निरन्तर बाहिर निकाल्छ । यसका कारण बारम्बार पिसाब लागिरहन्छ र शरीरमा पानीको कमी हुन थाल्छ । पानीको कमीले गर्दा टाउको दुख्न थाल्छ अनि थकान महसुस हुन थाल्छ ।

  • वाकवाकी लाग्ने

पेटमा रक्सी लगातार विषाक्त एसिडमा परिणत भई आन्द्रालाई हानि पुर्‍याउँछ । पेट पोल्न थाल्छ अनि र वाकवाकी लाग्छ ।

  • थकान

ह्याङ्गओभर हुँदा थकान महसुस हुन्छ  । यसका मुख्य तीन कारणहरू छन् । पहिले कारण रक्सीको सेवनले निद्रा गडबड हुन्छ । जसका कारण शरीर र यसका अङ्गहरूलाई आराम मिल्दैन । रक्सीबाट बनेको एसिड रगतमा मिसिन्छ र शरीरभर फैलिन्छ । यसले पनि शरीरमा दुखाइ र थकान निम्त्याउँछ । बारम्बार पिसाब फेरिरहँदा आवश्यक इलेक्ट्रोलाइट्स र खनिजहरू पनि शरीरबाट बाहिर निस्कन्छ । यसले पनि थकान महसुस हुन्छ ।

  • टाउको दुखाइ

तपाईंले माथि पढ्नु भइसकेको छ कि रक्सी सेवनपछि शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानीको कमीका कारण हाम्रो दिमाग खुम्चिन थाल्छ । जसले गर्दा टाउको दुख्छ । तपाईंलाई माइग्रेन छ भने रक्सी सेवनले टाउको दुख्न थालिहाल्छ ।

 नेशनल सेन्टर फर बायोटेक्नोलोजी एण्ड इन्फर्मेसनले सन् २०१७ मा गरेको अनुसन्धानमा ह्याङ्गओभरको बेलामा संज्ञानात्मक कार्य सुस्त हुने कुरा पत्ता लागेको थियो । यति बेला स्मरणशक्ति कमजोर हुन्छ, केही याद हुँदैन । मस्तिष्कको काम सुस्त हुने भएकोले शरीरका सबै कार्यहरू सुस्त हुन्छ ।

  • ह्याङ्गओभरबाट कसरी छुटकारा पाउने ?

राति टन्न रक्सी खाइएको छ । बिहान सबेरै अफिस जानुछ । नगई हुन्न महत्त्वपूर्ण बैठक छ । वा कुनै असाइन्मेन्ट पूरा गर्नु पर्नेछ । तर टाउको दुखाई कम हुने संकेत नै छैन । यस्तोमा ह्याङ्गओभरबाट कसरी छुटकारा पाउने ?

ह्याङ्गओभर निको पार्ने उत्तम तरिका के हो भनेर सोध्नुहुन्छ भने म त ‘रक्सी नपिउनुहाेस’  भन्ने पहिलो सुझाव हुनेछ । तैपनि तपाई रक्सी पिउन छाड्नु हुन्न भने चाहिँ ह्याङ्गओभर हटाउने केही घरेलु उपायहरू पनि छन् । ह्याङ्गओभर बिस्तारै कम हुँदै जान्छ ।

  • प्रशस्त पानी पिउनुस्

ह्याङ्गओभर पछि आउने अधिकांश समस्या डिहाइड्रेसनका कारण निम्तिन्छन् । तपाई लगातार पानी पिइरहनु हुन्छ भने ह्याङ्गओभर छिट्टै निको हुन्छ । यसका कारण उत्पन्न समस्याहरू पनि कम हुँदै जान्छन् ।

  • नरिवलको पानी पिउनुस्

डिहाइड्रेसनका कारण शरीरमा इलेक्ट्रोलाइट्सको कमी हुन्छ । नरिवलको पानीले यो कमी पूरा गर्छ ।

  • कागती पानी

कागती पानी उत्कृष्ट डिटोक्स पेय हो । यसको सेवनपछि शरीरमा रक्सीका कारण उत्पन्न धेरै एसिड बाहिर निस्कन्छन् । डिहाइड्रेसन पनि हुँदैन ।

  • हेल्थी ब्रेकफास्ट

ह्याङ्गओभरको बेला शरीरलाई अत्यावश्यक भिटामिन र मिनरल्समा कमी हुन्छ । ऊर्जा पाउन स्वास्थ्यकर भोजन गर्नुस् । यसमा मौसमी फलफूल पनि समावेश गर्नुस् ।

  • मह पनि निकै फाइदाजनक हुन्छ

रक्सीको सेवनले कलेजो र मेटाबोलिज्मम ठुलो क्षति गरेको हुन्छ । यसलाई ठिक गर्न मह सेवन गर्न सकिन्छ । यसले कलेजोमा रहेको टक्सिनलाई हटाएर मेटाबोलिज्मलाई बढाउँछ । यी त भए रक्सी सेवनपछि बिहान हुने ह्याङ्गओभर कम गर्ने तरिका । रक्सी खाएकै बेलामा पनि ह्याङ्गओभरको सम्भावना कम गर्न सकिन्छ ।

जस्तो कि खाली पेटमा रक्सी नखानुस् । रक्सीको दुई पेगबिचको अन्तर कम्तीमा पनि २ घण्टा राख्नुस् । रक्सी खाइरहँदा हेल्दी फूड पनि खाइरहनुस् । रक्सी खाएपछि हेभी जंक फूड नखानुस् । रक्सी खाइरहँदा बिचबिचमा पानी पनि खाइरहनुस् । ठिक्क मात्रामा रक्सी खानुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप