अछुत अझै जीवित छ
बोल्ने भाष्य फेरियो
गर्ने थोरै व्यवहार बदलियो
बृहत्को सूक्ष्म रूपजस्तै
ए छुत मान्छे !
अछुत तिम्रा दृष्टिका निम्ति अमूर्त छ
तर मेरा नयनका निम्ति खुला गगनजस्तै
यो त्यहाँ लुकेर बसेको छ
जहाँ तुच्छ मस्तिष्क छ
जहाँ सक्रिय जात व्यवस्था छ
जहाँ १८औँ शताब्दीको चेतना छ
त्यहाँ अछुत अझै जीवित छ ।
जीवन के हो ? त्यो प्रश्न मलाई नसोध
मैले अछुतको अस्तित्व पाएदेखि आजसम्म
मान्छेको जस्तै अस्तित्व सिर्जना गर्न
कैयौँ युग फटाएको छु
मुक्तिको महान सङ्ग्राम लडेको छु
सारा जीवन नै कुर्बानी गरेको छु
तर ती सबै त्यत्तिमै सीमित भए
खैर अछुतबिनाको स्वतन्त्र जीवन
आजादीबिनाको सुन्दर जीवन जिउने
स्वर्णिम सपना मेरो पनि छ
विडम्बना जहाँ म छु
त्यहाँ अछुत अझै जीवित छ
कुनै कालखण्डमा मालिकको दास बनायौ
कुनै युगमा तिम्रो विलासी जीवनको सेवक बनायौ
कहिले तिम्रो जमिनको हली बनायौ
कहिले तिम्रो दैनिकी आवश्यकताको कामदार ।
ए छुत मान्छे
अझै पनि मैले बाँचिरहेको समाजमा
तिम्रा घीनलाग्दा अवशेष बाँकी छन्
जसका कारण
मेरो आर्थिक, सामाजिक र राजनीतिक जीवन
अवसानको सिकार बन्न पुगेको छ
अछुत जीवन
हिजोदेखि आजसम्म पिँधमा राखिएको छ
त्यसैले त अछुत अझै जीवित छ ।
तिमी अलौकिक ईश्वरलाई अन्तिम सत्य ठान्छौ
अवैज्ञानिक धर्ममा आस्था राख्छौ
अप्राकृतिक जातको संरक्षण गर्छौ
र म विशुद्ध जिउँदो मानिसलाई
एक जनावरसरह हेर्छौ
ए छुत मान्छे
अब त तिमी मेरो स्थानमा अटाउने संकल्प गर
एकपटक आफैँले आफैँलाई प्रश्न गर
तिमीभित्र कति नीच र क्रूर सोच छ
बेअर्थको रवाफ र दम्भ छ
जबसम्म यही स्वभाव र प्रवृत्ति छ
तबसम्म अछुत जीवित छ
अछुत अझै जीवित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण