सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्युएफएक्सले भन्यो– सोमबार सबै हल बन्द हुन्छ’

आइतबार, २१ माघ २०८०, १६ : ०६
आइतबार, २१ माघ २०८०

काठमाडौँ । सोमबार देशभरका चलचित्र घर (फिल्म हल) बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै क्युएफएक्सले पनि हल बन्द रहने जानकारी दिएको हो ।

क्युएफएक्सले आफ्नो पेजमा भनेको छ, ‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहनेछ । साथै दर्शकवृन्दमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ । सबैबाट सहयोगको आशा समेत गर्दछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप