क्युएफएक्सले भन्यो– सोमबार सबै हल बन्द हुन्छ’
आइतबार, २१ माघ २०८०, १६ : ०६
काठमाडौँ । सोमबार देशभरका चलचित्र घर (फिल्म हल) बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागिएको हो ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै क्युएफएक्सले पनि हल बन्द रहने जानकारी दिएको हो ।
क्युएफएक्सले आफ्नो पेजमा भनेको छ, ‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहनेछ । साथै दर्शकवृन्दमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ । सबैबाट सहयोगको आशा समेत गर्दछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण