बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक बस्दै

सोमबार, २२ माघ २०८०, ०९ : २३
सोमबार, २२ माघ २०८०

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै राष्ट्रिय भसा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप