जनमत पार्टीको रुपन्देही इन्चार्जमा रामकेश गुप्ता मनोनीत
सोमबार, २२ माघ २०८०, १० : ०९

बुटवल । जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनीत भएका छन् । गुप्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेको पत्र पठाएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ निवासी गुप्ता विगत १२ वर्षदेखि जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठुलो र शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । यसअघि जनमत रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी अर्जुनप्रसाद जयसवालले सम्हालिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर
-
फिफा विश्वकप क्वालीफायर: बेल्जियमसँग स्तब्ध बन्याे वेल्स