ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, २२ माघ २०८०, १७ : ५१
कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण