मेनुकालाई गृहनगर चारआलीमा भव्य स्वागत
काठमाडौँ । इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई आफ्नै देशमा भव्य स्वागत भएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल फर्किएकी उनलाई सर्वसाधारणदेखि विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका हुन् ।
उनलाई नेपालमा स्वागत गर्दै झाँकी र र्यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको छ ।
धुलाबारी, विर्तामोड र अर्जुनधारामा परिक्रमासहित गृहनगर चारआली पुगेकी उनलाई स्थानीय क्षेत्रमा स्वागत तथा सम्मान समेत गरिएको थियो ।
आफूलाई भव्य स्वगत गर्ने स्थानीयलाई मेनुकाले धन्यवाद दिएकी थिइन् । उनले अहिलेसम्मको यात्रामा संघर्ष गर्नुपर्छ भनेर सिकेको बताइन् ।
इण्डियन आइडलको सिजन १४ औँ सिजनमा सहभागी भएदेखिनै चर्चाको शिखरमा रहेकी मेनुका विभिन्न चरण पार गर्दै अन्तिम १० मा पुग्न सफल भएकी थिइन् । शोको क्रममा चर्चित फिल्म ‘सलार’को गीत समेत गाउँदै भारतीय गायनमा डेब्यु गरेकी पौडेल आइतबारको एपिशोडबाट बाहिरिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण