मेनुकालाई गृहनगर चारआलीमा भव्य स्वागत

काठमाडौँ । इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई आफ्नै देशमा भव्य स्वागत भएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल फर्किएकी उनलाई सर्वसाधारणदेखि विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका हुन् ।
उनलाई नेपालमा स्वागत गर्दै झाँकी र र्यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको छ ।
धुलाबारी, विर्तामोड र अर्जुनधारामा परिक्रमासहित गृहनगर चारआली पुगेकी उनलाई स्थानीय क्षेत्रमा स्वागत तथा सम्मान समेत गरिएको थियो ।
आफूलाई भव्य स्वगत गर्ने स्थानीयलाई मेनुकाले धन्यवाद दिएकी थिइन् । उनले अहिलेसम्मको यात्रामा संघर्ष गर्नुपर्छ भनेर सिकेको बताइन् ।
इण्डियन आइडलको सिजन १४ औँ सिजनमा सहभागी भएदेखिनै चर्चाको शिखरमा रहेकी मेनुका विभिन्न चरण पार गर्दै अन्तिम १० मा पुग्न सफल भएकी थिइन् । शोको क्रममा चर्चित फिल्म ‘सलार’को गीत समेत गाउँदै भारतीय गायनमा डेब्यु गरेकी पौडेल आइतबारको एपिशोडबाट बाहिरिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म